कर्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका तीन बालकको सनाखत

छहारी संवाददाता
अशोज ७, २०७९

हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका तीन बालकको सनाखत भएको छ ।

मृत्यु हुनेमा हेटौंडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा–५ र ७ को सिमानामा रहेको कर्रा खोलास्थित नागदहमा उनिहरु डुबेको प्रहरीले जनाएको छ ।

आज साँझ ५ बजे पौडी खेल्न खोलामा हाम फालेका चार जनामध्ये तीनजना बेपत्ता भएका थिए । प्रहरीका अनुसार अर्का हेटौंडा–८ का रियान्स माझी भने तैरिएर बाहिर निस्किन सफल भएको र उनैले स्थानीयलाई साथीहरु खोलामा डुबेको खबर गरेका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले करिब दुई घण्टा खोलामा डुबेका बालकको खोजी गरेपनि जिवित उद्दार गर्न सकेन । उनीहरुको सव घटनास्थल भन्दा केही तल खोलामा डुबिरहेको अवस्थामा फेला परेका थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*