नमूना प्रगति सहकारीको २२ औं साधारण सभा सम्पन्न
हेटौंडा -२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ ।
हेटौंडा २ देवीपथमा रहेको सहकारी संस्थाले आव २०७८/०७९ मा आफ्ना शेयर सदस्यलाई २९ करोड ९३ लाख ४६ हजार ९४३ रुपैयाँ लगानी गर्न सफल भएको छ । सहकारीले हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी र बकैया गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाई बचत तथा ऋणको कारोबार गर्दै आइरहेको छ ।
सहकारीले आव २०७८/०७९ एक करोड १६ लाख ७९ हजार ४८३ रुपैयाँ मुनाफा गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ । सहकारीको २२ औं वार्षिक साधारण सभा शुक्रबार हेटौंडामा गर्दै आफ्नो आर्थिक, सामाजिक तथा आगामी कार्य योजनाका साथ अनुमानित आयव्यय प्रस्तुत गरिएको थियो ।
२ करोड ७७ लाख ९७ हजार ५ सय शेयर पुजीँ रहेको सहकारीमा बचत निक्षेप भने २९ करोड ४९ लाख ३३ हजार ९१ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताउनुभयो ।
साधारण सभाले सञ्चालक साितिको तर्फबाट अध्यक्ष मिठाराम दाहालले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष केशबप्रसाद देवकोटाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक तेजप्रसाद रुपाखेतीले प्रस्तुत गर्नुभएको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन अनुमोदन गरेकोछ ।
साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधामा उत्कृष्ट सदस्यहरुलाई सम्मान तथा पुरस्कृत पनि गरेको थियो ।
सहकारीले उत्कृष्ट मासिक बचतकर्ता शरदकृष्ण श्रेष्ठ, नमिता स्याङ्तान, उत्कृष्ट धितो सुरक्षण ऋणी डोल प्रसाद भट्ट र पम्फा महत र उत्कृष्ट बाल बचतकर्तामा निष्ठा पौडेललाई पुरस्कृत गरेको थियो । सहकारीले दीपबहादुर पराजुली र भवमाई चौलागाईलाई जेष्ठ शेयर सदस्य सम्मान गरेको थियो ।
उत्कृष्ट व्यवसायी चुनु राई, सक्रिय सदस्य नवराज उपाध्याय लामिछानेलाई पनि सम्मान गरेको थियो । साधारण सभाकै अवसरमा संस्थाका वरिष्ठ सहायक अनुराधा हुमागाईलाई उत्कृष्ट कर्मचारीबाट सम्मान गरिएको थियो ।
सहकारीको धेरै शेयर खरिद गर्ने अज्मीर केसी, आवधिक बचतकर्ता मधुसुदन सत्याललाई सम्मान गरेको थियो । सहकारीले एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक बिद्यालयतर्फ निश्चित घिमिरे र संस्थापन बिद्यालयतर्फ श्रीशान्त घिमिरे र दीपिका न्यौपाने, प्लस २ तर्फ कृपा थापा, अमृत हुमागाई, प्लस २ प्राविधिक विद्यालय तर्फ दिवस घिमिरे, दीपा चौलागाईलाई पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष मिठाराम दहालको सभाध्यक्षता भएको साधारण सभामा बागमती प्रदेश सरकारका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सभामा बागमती प्रदेश सभाकी सदस्य मुनु सिग्देल, जुनेली माया श्रेष्ठ, प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीको बिशेष आतिथ्यता रहेको थियो ।
साधारण सभामा बचत तथा सहकारी संघका सचिव बिरेन्द्र प्रसाद ढुङ्गाना, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड कार्यालय प्रमुख ज्योति महत, संस्थाका सल्लाहकार सुर्यचन्द्र न्यौपाने, उद्धवप्रसाद दाहाल, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पौडेल, शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिताराम दाहाल, लगायतको आतिथ्यता रहेको थियो ।







