बैंकको व्याजदर बढेको विरोधमा मकवानपुरका व्यवसायीहरुले गरे प्रदर्शन

छहारी संवाददाता
अशोज ७, २०७९

कर्जा लिएका व्यवसायीहरुले बैंकको व्याजदर बढेको विरोधमा आज हेटौंडामा र्याली प्रदर्शन गरेका छन् ।

आर्थिक मन्दीले व्यापार व्यवसाय धरासायी भइरहेका बेला बैंकले व्याजदर बढाएर झनै समस्यामा पारेको भन्दै व्वसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । व्यवसायीहरुको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको र्यालीमा सहभागीहरुले कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।

पल्पसा हलबाट सुरु भएको विरोध र्याली हेटौंडाको बुद्धचोक, सिमाचोक, अजरअमर रोड हुदैं पारिजात पथबाट संगमचोक, मानसचोक क्षेत्रमा पुगेर विरोध प्रदर्शन गरिएको हो । संकटको समयको माग-एक अर्का प्रति मैत्रीपूर्ण व्यवहार, व्याज र किस्ताको दबाब-बैंकको अव्यवहारिक प्रयास, मसान्तमा आइदैन-व्यवसायी मार्न पाइदैन, चर्को व्याज वृद्धि गरी उपभोक्ता माथी अन्याय नगर जस्ता विभिन्न नारा लगाई विरोध प्रदर्शन भएको थियो ।

संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको नेतृत्वमा हेटौंडाका विभिन्न वस्तुगत व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन पश्चात उक्त टोलीले प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र समेत बुझाइएको थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*