बागमती प्रदेशमा १८ हजार तीन सय ३३ उद्योग प्रतिष्ठान संचालनमा
बागमती प्रदेशमा १८ हजार तीन सय ३३ उद्योग प्रतिष्ठान संचालनमा रहेका छन् ।
केन्द्रिय तथ्याकं विभाग र तथ्याकं कार्यालय हेटौंडाले राष्ट्रिय औद्यौगिक सर्वेक्षण २०७६ को बिहिबार हेटौंडामा सार्वजनिक गरेको नतिजा अनुसार बागमती प्रदेशमा १८ हजार तीन सय ३३ उद्योग प्रतिष्ठान संचालनमा छन् । बागमती प्रदेशका ठूला उद्योगहरुमा ८७ हजार ४ सय ६० जना र सानामा २४ हजार ९ सय ५२ जना रोजगारमा रहेको सर्वेक्षणले देखाएको छ ।
यसैगरी प्रदेश नम्बर १ मा १२ हजार २ सय २५ , मधेश प्रदेशमा सात हजार २ सय ७९, गण्डकी प्रदेशमा ६ हजार आठ सय १८, लुम्विनी प्रदेशमा १० हजार पाँच सय आठ, कर्णाली प्रदेशमा एक हजार ६ सय ३५ तथा सुदुरपश्चिम प्रदेशमा तीन हजार तीन सय ८७ उद्योग प्रतिष्ठान रहेको ओद्यौगिक सर्वेक्षण २०७६ उल्लेख गरिएको छ ।
अर्थात सर्वेक्षण अनुसार देशभर कूल ६० हजार एक सय ८५ उद्योग प्रतिष्ठान संचालमा छन् ।
संचालनमा रहेका औद्यौगिक प्रतिष्ठानहरुले करीब आठ खर्व ४६ अर्व ६६ करोड मूल्य बराबरको रकम लागतको रुपमा खर्च गरी करीव १२ खर्व एक अर्व १७ करोडको मूल्य बराबररको वस्तु तथा सेवा उत्पादन गरेको सर्वेक्षणले देखाएको केन्द्रिय तथ्याकं विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिनुभयो ।
सर्वेक्षणको म«ख्य उदेश्य अर्थतन्त्रमा औद्यौगिक क्षेत्रले गरेको योगदानको मापन गर्नु, नीति निर्माता, योजनाविद्, उद्योगपति र अनुसंधानकर्ताहरुलाई औद्यौगिक क्षेत्रसंग सम्वन्धित आवश्यक तथ्याकं उपलव्ध गराउनु रहेको उहाँको आचार्यले बताउनुभयो ।







