जुरिखेत बस दुर्घटनामा मृत्यु भएका ६ जनाको परिचय खुल्यो
जुरिखेत बस दुर्घटनामा मृत्यु भएका ५ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
परिचय खुल्नेहरुमा मकवानपुर गढी–२ का ४३ वर्षीय मदन बिक, बाराका ३३ बर्षीय अब्दुल्लाहा मिया ठकुराई, बारा जितपुरका २५ बर्षिय शेख अरमान, विरगंज ३१ पर्साका ४२ वर्षीय हृदय नारायण पंजियार, नुवाकोट घर भएका ३३ वर्षीय रघुराज न्यौपाने र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्मा रहेका छन् । मृतक बाँकी १ जनाको परिचय खुल्न बाँकी छ ।
हिजो दिउँसो मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ भने बाँकीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । बस करिब ६० मिटर तल खसेर काठमाडौं जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा समेत ठोक्किएको थियो ।







