जुरिखेतमा बस दुर्घटना ६ जनाको घटनास्थलमै मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । केही घाइते भएका छन् ।
उद्धारको लागि प्रहरी टोली घटनास्थल पुगेको छ । केहिबेरअघि मात्रै दुर्घटना भएको र उद्धारको काम जारी रहेकाले मृतकको सनाखत हुन सकेको छैन ।
काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्ती ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बस करिब ६० मिटर तल खसेको छ ।







