लागूऔषध अफिम बोकेको आशंकामा राक्सीराङका एक जना पक्राउ
लागूऔषध अफिम बोकेको आशंकामा मकवानपुर प्रहरीले एक जना पक्राउ गरेको छ ।
प्रहरीले १ किलो ८०० ग्राम लागुऔषध अफिम जस्तो देखिने पदार्थ सहित राक्सीराङ ४ का एक व्यक्तिलाई पक्राउ गरेको हो । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरी टोलीले मनहरी ६ लोथरबाट उनलाई पक्राउ गरेको जनाएको छ ।
पुर्व पश्चिम सडक खण्डको लोथरमा शंकास्पद रुपमा हिडिरहेका उनले बोकेको कपडाको झोला खानतलासी गर्दा झोला भित्र लुकाई ल्याएको उक्त पदार्थ फेला परेको जिल्ला प्रहरीका कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । ती व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको घिमिरेले बताउनुभयो ।







