बसको ठक्करबाट एक बालकको मृत्यु

छहारी संवाददाता
अशोज ६, २०७९

धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बसले ठक्कर दिँदा धादिङको गजुरी गाउँपालिका १ बैरेनीका दिलबहादुर नेपालीका ६ वर्षका छोरा विजयको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट गोरखाका लागि छुटेको रा १ ख ४५६५ नम्बरको बसले बिहान पौने १० बजे विजयलाई ठक्कर दिएको हो ।

आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने विजयलाई बाटो काट्ने क्रममा जेब्राक्रसमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना पछि आक्रोशित स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन्। आक्रोशित स्थानीयले शव सडकमा नै राखेर प्रदर्शन समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*