टी–२० महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

छहारी संवाददाता
६ आश्विन २०७९, बिहीबार ०९:२५

टी–२० महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिता यहि असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि बङ्गलादेशमा हुनेछ । पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का भिड्नेछन् । अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् । प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारत ६ पटक च्याम्पियन बनिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*