कपनमा आगलागीमा परेर मृत्यु भएका तीन जनाको परिचय खुल्यो

छहारी संवाददाता
६ आश्विन २०७९, बिहीबार ०८:५३

काडमाडौंको कपनमा आगलागीमा परेर मृत्यु भएका तीन जनाको परिचय खुलेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका अनुसार आगलागीमा ताप्लेजुङ घर भएका २७ वर्षका कासाङ तेञ्जी शेर्पा, सङ्खुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई र काठमाडौं महानगरपालिका वडा नं २६ रानीबारी बस्ने २५ वर्षका छेवाङ शेर्पाको मृत्यु भएको हो । उनिहरुको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

आगलागी घाइते भएका एक जनाको चुनिखेलमा रहेको करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुढानीलकण्ठ नगरपालिका ११ कपनमा हिजो बेलुका आगलागी भएको थियो ।

बौद्ध रामहिटी, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रिभुवन विमानस्थलबाट एकरएक तथा काठमाडौं महानगरपालिकाबाट दुई गरी ९ वटा दमकलको सहयोगमा आगो राति नै निभाइएको हो । आगो निभाउन १० वटा पानी ट्याङ्कर परिचालन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*