एमाले मकवानपुरको निर्वाचन परिचालन कमिटी गठन तथा कार्यालय उद्घाटन

छहारी संवाददाता
५ आश्विन २०७९, बुधबार १८:०५

नेकपा एमाले मकवानपुरले ७ सय ५१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बुधबार पार्टी कार्यालय हेटौडामा पत्रकार सम्मेलन गरी एमाले मकवानपुरले आगामी मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको जानकारी दिएको हो । संविधान सभा सदस्य अनन्त पौडेलको संयोजकत्वमा ७ सय ५१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।

जिल्ला निर्वाचन परिचालन कमिटीको सहसंयोजकमा एकालाल श्रेष्ठ, सचिवमा नवीन सिग्देल रहनुभएको छ । निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा प्रतिनिधि सभा सदस्य रामचन्द्र राई, सचिवमा अनिलकुमार बानियाँ, क्षेत्र नम्बर २ को संयोजकमा सुवासचन्द्र ठकुरी, सचिवमा मेम्बर लोलाई जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यस्तै प्रदेश सभा १ को ‘क’ को संयोजकमा दिलबहादुर घिसिङ, सचिवमा कृष्णप्रसाद चौलागाई, १ को ‘ख’ को संयोजकमा रघुनाथ खुलाल र सचिवमा ईन्द्रप्रसाद नेपाल, प्रदेश सभा २ को ‘क’ को संयोजकमा बलराम बल, सचिवमा पार्वती राना, २ को ‘ख’ को संयोजकमा एकराज उप्रेती र सचिवमा नरेन्द्र लाल रिजाललाई जिम्मेवारी दिइएको छ ।

पार्टीको पालिकास्तरीय कमिटीले नै पालिकास्तरीय निर्वाचन परिचालन कमिटी गठन गर्ने बताइएको छ । आजै निर्वाचन कार्यालयको उद्घाटन समेत गरिएको छ । निर्वाचन परिचालन कमिटी घोषणा तथा कार्यालय उद्घाटन कार्यक्रममा पार्टीको केन्द्री, प्रदेश, जिल्ला र पालिकास्तरीय नेतृत्वको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*