मकवानपुरमा उपमेयर कप र जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुने

छहारी संवाददाता
५ आश्विन २०७९, बुधबार १७:५०

मकवानपुरमा उपमेयर कप र जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा प्रतियोगिता दुबै प्रतियोगिता हुन लागेको हो । बिहीबार देखि सुरु हुने चौंथो संस्करणको उपमेयर कप भलिबल प्रतियोगितमा ९ महिला टिम र १२ पुरुष टिम गरि २१ टिमको सहभागिता रहने पत्रकार सम्मेलन गरि बताइएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेता टिमले २५ हजार रुपैयाँ नगद प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले बताउनुभयो । विजेता तथा उपविजेता दुबै टोलिले शिल्ड तथा प्रमाणपत्र समेत प्राप्त गर्ने छन् । प्रतियोगिता हेटौंडा–४, हुप्राचौरमा असोज ९ गते सम्म सञ्चालन हुनेछ ।

यसैगरी प्रतिष्ठानकै आयोजनामा असोज १० गतेबाट जिल्लास्तरीय महिला भलिबल आयोजना हुने भएको छ । दोस्रो संस्करणको प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक ईन्द्रप्रसाद सञ्जेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*