जसपा मकवानपुरको जिल्ला समिति पुनर्गठन

छहारी संवाददाता
५ आश्विन २०७९, बुधबार १७:३६

जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरको जिल्ला समिति पुनर्गठन गरिएको छ ।

बुधबार हेटौंडामा आयोजित पार्टी पुनर्गठन कार्यक्रमबाट सोम बहादुर घलानको अध्यक्षतामा समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा योग बहादुर ब्लोन, देवराज स्याङतान र दिपक सिंतान चयन भएका छन् । सचिवको जिम्मेवारी सुबोध घलानलाई दिइएको छ भने सहसचिव ग्रावियल प्रजा र पर्वत स्याङबो चयन भएका छन् ।

यसैगरी कोषाध्यक्षमा रिता शर्मा, सदस्यहरु सिता तामाङ, जेम्स राणा, हर्क प्रजा, मान बहादुर माझी चयन भएका छन् । जसपाले जिल्ला परिषदको अध्यक्षमा नवराज मोक्तानलाई चयन गरेको छ । जसपाका जिल्ला इन्चार्ज रामबहादुर थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*