लामखुट्टे नियन्त्रणका लागि स्प्रे अभियान जारी

छहारी संवाददाता
३१ भाद्र २०७९, शुक्रबार १०:५४

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि सुरु गरिएको स्प्रे अभियान जारी छ ।

उपमहानगर क्षेत्रमा डेंगु रोगका बिरामी बढ्दै गएपछि लामखुट्टे नियन्त्रणका लागि सोडियम हाइपो क्लोराइड स्प्रे अभियान चलाइएको हो । नगरका १, २, ३, ४, ५, १०, १८ र १९ नम्वर वडामा नगरपालिकाले स्प्रे गर्दै आएको छ ।

शुक्रबार बिहान १० नम्बर वडा कार्यालयको पहलमा आनन्दटोलमा स्प्रे गरिएको वडा अध्यक्ष फूर्वा दोर्जे लामाले बताउनुभयो । मकवानपुरमा डेंगु संक्रमितको संख्या १ हजार ४ सय २९ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*