हेटौंडामा कोशेली घर खुल्यो, लाने हैन त हेटौंडाको कोसेली?

छहारी संवाददाता
भदौ २२, २०७९

महिलाहरुले घरमै बसेर उत्पादन गरेको बिभिन्न सामग्री बिक्रीका लागि हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोशेली घर सञ्चालनमा आएको छ ।जाल्पादेवी महिला उद्यामी केन्द्रले व्यवस्थापन गर्ने गरी उपमहानगर क्षेत्रका उद्यामी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोशेली घर सञ्चालन गरीएको हो । कोशेली घरको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले उद्घाटन गर्नुभएको हो ।

कोशेली घरको उद्घाटन गर्दै उपमहानगरपालिकाका प्रमुख लामाले महिलाहरुको श्रमलाई मर्न नदिनका लागि उपमहानगरले कोशेली घर सञ्चालनमा सहयोग गरेको बताउनुभयो । उहाँले उपमहानगरपालिकाले दिएको तालिमबाटै उत्पादन भएका सामग्रको बजारीकरणमा सहयोग पुग्ने र महिलाहरुलाई दिगो आर्यजानमा जोड्ने उद्देश्य कोशेली घरको रहेको बताउनुभयो ।

उपमहानगरले हरेक बर्ष तालिम बाट ३८० जना महिलालाई दिगो आर्य आर्जनमा जोड्ने बताउनुभयो । उपमहानगरपालिकाले महिलाहरुको आर्यआर्जनका लागि दिएको बिभिन्न तालिमबाट दिक्षित भएका प्रशिक्षार्थिहरुले उत्पादन गरेको सामग्री बिक्री र बजारीकरणका लागि कोशेली घर सञ्चालनमा ल्याइएको बताइएको छ । उपमहानगरपालिकाको बिभिन्न वडाहरुमा सञ्चालन लक्षित बर्गका सिपमुलक तालिम लिई उत्पादनमा लागेपनि बजारीकरणका कारण समस्या व्यहोर्दै आएका महिलाहरुको उत्पादनलाई बजार सम्म लैजान कोशेली घरले पुलको काम गर्ने व्यवस्थापक जाल्पादेबी महिला उद्यमी केन्द्रका अध्यक्ष गिता मैनालीले बताउनुभयो ।उहाँका अनुसार अहिले कोशेली घरमा बिभिन्न प्रकारका सामान उत्पादन गर्ने २० जना उद्यमीहरु जोडिएका छन् । उनिहरुले उत्पादन गरेको बिभिन्न प्रकारका सामग्रीहरु बजारीकरणका लागि राखिएको छ । कोशेली घरमा ढाकाका उत्पादनहरु साडि, कुर्तासुरुवा, व्याग, जुत्ता, बिवाहमा प्रयोग हुने साइपाटाका सामान, पुजाआजाका लागि प्रयोग हुने दुनाटपरी, धुप बत्ती, उनबाट बनेका कपडा, बिभिन्न प्रकारका अचार, खादासहितका सामग्री राखिएको छ ।

अब उपमहानग र जिल्ला भित्र रहेका महिला उद्यामीहरुलाई कोशेली घरमा जोड्दै लैजाने तयारी रहेको मैनालीले जानकारी दिनुभयो । उद्यमी केन्द्रका अध्यक्ष गिता मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक विकास शाखा गंगा चौलागाई, उद्योग पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल,पत्रकार प्रताप बिष्ट सहित महिला उद्यामीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*