हेटौंडा अस्पताललाई ११ सय ५० थान डेंगु परिक्षण किट हस्तान्तरण

छहारी संवाददाता
२१ भाद्र २०७९, मंगलवार १८:२८

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई डेंगु परिक्षण किट उपलब्ध गराएको छ ।

किटको अभावका कारण उपचारमा समस्या भएको गुनासो बढेपछि हेटौंडा उपमहानगरपालिकाले ११ सय ५० थान किट उपलब्ध गराएको हो ।

उपमहानगर उपमेयर राजेश बानियाँ, प्रवक्ता सबिन न्यौपाने र हेटौंडा २ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जनले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटा र अस्पताल सञ्चालक समितिका सदस्य हिरा लामालाई किट हस्तान्तरण गर्नु भएको हो ।

किट हस्तान्तरण गर्दै उपमहानगरका उपमेयर बानियाँले जनताले सेवा नपाएको गुनासो बढेपछि डेंगु संक्रमितको उपचारमा सहयोग पुगोस भनेर किट उपलब्ध गराएको बताउनुभयो । किट बुझ्दै मेसु सापकोटाले उपमहानगरले गरेको सहयोगले डेंगुको आशंकामा जचाउन अस्पताल आएका बिरामीलाई ठुलो अर्थ राख्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मण घिमिरेका अनुसार अहिलेसम्म जिल्लामा ७२३ मानिसमा डेंगुको संक्रमण देखिएको छ । हेटौंडाको ४ र ५ नम्बर वडामा सबैभन्दा बढी डेंगुका बिरामी पाईएको घिमिरेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*