आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना
आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
अन्य प्रदेशका थोरै स्थानमा वर्षाको संभावना रहेको विभागले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित छ।







