हेटौंडा बचतको तीज विशेष कार्यक्रम

छहारी संवाददाता
भदौ ९, २०७९

हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले बिहिबार तीज विशेष कार्यक्रम गरेको छ । महिला उपसमिति संयोजक उर्मिला चौंलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।

तीज विशेष कार्यक्रममा महिला शेयर सदस्यबीच बत्ति कात्ने प्रतियोगिता समेत आयोजना गरिएको थियो । ४८ जनाले सहभागिता जनाएको प्रतियोगितामा सबै भन्दा धेरै बत्ति कातेर दिपा चौंलागाई, मुना दाहाल,पवित्रा ढुंगाना र मिरा सापकोटा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भए ।

बिजेतालाई सहकारीका अध्यक्ष इन्द्रबहादुर बस्नेत र व्यवस्थापक रामशरण गौतमले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा तीजको अवसरमा दर खुवाउनुका साथै नाचगान समेत गरिएको थियो । सहकारीले विभिन्न समयमा महिला, युवा, बालबालिका लक्षित कार्यक्रम गर्दै आइरहेको सहकारीका व्यवस्थापक रामशरण गौतमले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*