बालाजुको जुत्ता कारखानामा लागेको आगो निभाइयो, क्षतिको विवरण आउँन बाँकी

छहारी संवाददाता
२५ श्रावण २०७९, बुधबार १५:१९

काठमाण्डाैकाे बालाजुमा रहेको एक जुत्ता कारखानामा लागेको आगो निभेको छ ।

बालाजु बाइपासको अन वर्ल्ड फुटवेयरमा आज बुधवार बिहान साढे ११ बजे सुरु भएको आगलागी दिउँसो २ बजे निभाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । काठमाण्डाै र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सात वटा दमकलको प्रयासले आगो निभाइएको मैनालीले उज्यालोलाई जानकारी दिनुभयो ।

श्रीराम पाण्डेले सञ्चालन गरेको जुत्ता कारखानामा लागेको आगो निभाउनका लागि जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुखसहितको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको थियो । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी चार सय हाराहारीमा सुरक्षा जनशक्ति र २० वटा निजी पानी ट्याङ्करको प्रयोग गरिएको थियो ।

विद्युत् शर्ट भएर कारखानामा आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*