प्रदेश युवा परिषद्को आयोजनामा बुद्धचोकमा रक्तादन

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० बुद्धचोकमा आज रक्तादन गरिएको छ । प्रदेश युवा परिषद्को आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रक्तादन कार्यक्रम गरिएको हो ।
युवा परिषद्ले दिवसका अवसरका सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज दोस्रो दिन रक्तादन कार्यक्रम गरिएको हो । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले कार्यक्रमको उद्घाटन् गर्नुभयो । रगतदान जिवनदान भएकाले यस्ता महत्वपूर्ण काममा सहभागि हुन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले प्रदेश युवा परिषद्ले बिभीन्न समयमा रक्तादन कार्यक्रम गरिरहेको स्मरण गराउनुभयो । कार्यक्रममा दुइदर्जनले रक्तादान गरेका छन् । हेटौंडा जेसिजको समन्वयमा कार्यक्रम गरिएको हो । प्रदेश युवा परिषद्का कार्यालय प्रमुख रमेश घिमिरे लगायतकाको कार्यक्रममा आतिथ्यता रहेको थियो ।