वर्षाले हेटौंडा ६ र ७ जोड्ने बाटो अवरुद्ध

आइतबार देखि परेको वर्षाले हेटौंडा वडा नम्बर ६ र ७ जोड्ने बाटो अवरुद्ध भएको छ । वर्षाले हेटौंडा ७ हरियाली नजिकको खहरेमा बाटो बिगारेको हो । बाटो क्षति हुँदा यातायात सेवा अवरुद्व भएको छ । बाटो अवरुद्ध भएपछि हेटौंडाबाट रामनगर, सल्लाघारी जाने म्याजिक हरियालीमै रोकिएका छन् ।
वर्षाले बाटो क्षति गर्दा मोटरसाइकल मात्र चल्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् । ‘ पानी परेपछी वर्षेनी बाटो बिग्रन्छ, हरेक वर्ष समस्या दोहोरिरहँदा पनि स्थायी समाधान तर्फ सम्बन्धित निकायको ध्यान जादैन’ । बाल जागृती युवा वर्ष माध्यामिक विद्यालयकी शिक्षिका सुजया सुवेदीले बताईन् ।
बाटो अवरुद्ध हुँदा हेटौंडा–६ रामनगर, माथिल्लो हात्तिलेट, गौरीटार का स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् । खहरेको उचित व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिँदा यस भेगका स्थानीयले वर्षेनी सास्ती खेप्दै आएका छन् । स्मरणीय छ, केही वर्ष अगाडी यहीँ खहरे खोलामा आएको बाढीले एउटा ट्रक र एउटा जिप पल्टाएको थियो ।