पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु, तीन जना बेपत्ता

छहारी संवाददाता
साउन १७, २०७९

म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् ।

घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् । साभारः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*