देशका अधिकांश ठाउँमा वर्षा जारी, दिउँसो केहि प्रदेशमा भारी वर्षाको संभावना

भोलिदेखि मौसम खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान
छहारी संवाददाता
साउन १७, २०७९

आज पनि देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा हुने अनुमान गरिएको छ । भोलिदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा माथि अर्थात भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर हुने सम्भावना छ । केही दिनयता मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशैभर वर्षा भइरहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*