पहिरोले घर पुरिंदा एक जनाको मृत्यु, दुई जना घाइते

देशका विभिन्न चार ठाउँमा खतराको तहभन्दा धेरै वर्षा
छहारी संवाददाता
साउन १६, २०७९

पोखरा ६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

गएराति १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ ववर्षका सन्तोष सुनारको मृत्यु प्रहरीले जनाएको छ । उनलाई १ बजेर ५५ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा २ बजेर २० मिनेटमा ठाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैबीच कास्कीमा एक दिनमै सबैभन्दा बढी ३२२.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

विभागका अनुसार चितवन, सुनसरी र झापामा पनि खतराको तहभन्दा धेरै वर्षा भएको छ । चितवनको शक्तिखोरमा २४ घण्टामा १९५.६ र १२ घण्टामा १८२.६ मिलिमिटर, इटहरीको तरहरामा २४ घण्टामा १७२ मिलिमिटर र झापाको दमकमा १२ घण्टामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ । साभारः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*