स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

छहारी संवाददाता
साउन १४, २०७९

दाङमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार बेलुका गढवा गाउँपालिका-७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

बालिका थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन । घाइते बालिकालाई  उपचारका लागि लमही अस्पताल पुर्‍याइए लगत्तै उनको मृत्यु भएको थियो । प्रहरीले विद्यालयको बस र चालकलाई  नियन्त्रणमा लिएको छ । साभारः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*