सुनचाँदीको मुल्य आजपनि ८ सय रुपैयाले बृद्धि
सुन चाँदीको मुल्य फेरि बढ्न थालेको छ ।
सुनको मुल्य हिजो जस्तै आज पनि तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज सुन तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।







