शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, २ अर्ब १९ कराेड रुपैयाँकाे काराेबार

छहारी संवाददाता
साउन १३, २०७९

शेयर बजार परिसूचक नेप्से दाेहाेराे अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज शुक्रवार १२ दशमलव ९२ अङ्कले बढेर दुई हजार एक सय ४० दशमलव ३९ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, निर्जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय १६ वटा कम्पनीको ५१ लाख ११ हजार कित्ता शेयर दुई अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किचबेच भयो ।

आज रिलायन्स लाइफ इन्सुरेन्स र राष्ट्र उत्थान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै साढे तीन प्रतिशतले घटेको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*