आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
आज देशभरको मौसम सामान्य बदली रहनेछ ।
देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज र भोलि ठूला नदीहरुको बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । पूर्वका केही जिल्लामा ठूलो पानी परिरहेको छ ।
इलाम र झापाको सीमा आसपास केही ठाउँमा पछिल्लो ३ घण्टामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साभारः उज्यालो अनलाइन ।







