डेढ किलोबढी सुनसहित एक भारतीय नागरिक पक्राउ

छहारी संवाददाता
साउन १२, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलोभन्दा धेरै सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानबाट काठमाण्डौ आएका भारतीय नागरिक युसुफ हरुनको गतिविधि शङ्कास्पद देखिएको भन्दै प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा उनले लगाएको भित्री वस्त्रमा दुई वटा पोकामा रहेको १६ सय १० ग्राम सुन भेटिएको प्रहरीले जनाएको छ ।

उनले अवैध रूपमा लुकाएर र भन्सार छली गरेर सुन ल्याएकोले पक्राउ गरिएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्तीले जानकारी दिनुभयो । पक्राउ परेका हरुनलाई थप अनुसन्धानका लागि सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*