मकवानपुरमा एक वर्षमा १२५ जनाले आत्महत्या गरेको तथ्याङ्क

सबैभन्दा बढी ९० जनाले गरे झुन्डिएर आत्महत्या
छहारी संवाददाता
साउन १२, २०७९

मकवानपुरमा एक वर्षको अवधिमा १२५ जनाले आत्महत्या गरेका एक तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्ष २०७८र०७९ मा १२५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा छ । ती मध्ये गत आर्थिक वर्षमा ९० जनाले झुन्डिएर आत्महत्या गरेका छन् । जसमा ७ जना बालिका, ४ जना बालक, ५४ जना पुरुष र २५ जना महिला रहेको प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, ३२ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । जसमा १८ जना पुरुष, १२ जना महिला, एक जना बालक र एक जना बालिका रहेका छन् ।

यसैगरी पानीमा हाम फालेर एक जना पुरुष र एक जना महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै, आगो लगाएर एक जना पुरुषले आत्महत्या गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*