अबको तीनदिन १४ जिल्लाका साना नदी तथा खोलामा बाढी आउने पूर्वानुमान

छहारी संवाददाता
साउन १२, २०७९

अबको तीन दिन १४ जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार अबको तीन दिन काभ्रे, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, कास्की, लमजुङका साना नदी तथा खोलामा बाढीको पूर्वानुमान गरिएको छ ।

यस्तै, म्याग्दी, बैतडी, डडेलधुरा र आसपास भइ बहने नदी तथा खोलामा आकस्मिक बहाव बढ्ने भएकाले यी जिल्ला भएर बहने नदी तटीय क्षेत्रममा सतर्कता अपनाउन आग्रह गरिएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*