बागमती प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य भएको छ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको दशौँ अधिवेशन आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नु भएको हो । दशौँ अधिवेशनले मुख्यतः चालु आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ।
आज सोमबार एक सूचना जारी गर्दै प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको थियो ।
दशौँ अधिवेशनको अन्त्यसँगै बागमती प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले भोलि दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै छन्।
यसअघि प्रदेशसभा बैठकले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो।