जंगली च्याउको तरकारी खाँदा पाँच जना बिरामी

छहारी संवाददाता
साउन ९, २०७९

जंगली च्याउको तरकारी खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी परेका छन् ।

जंगली च्याउ खाँदा तिला गाउँपालिका ४ नुवाकोट गाउँका विष्णु हमालकाे परिवारका चारसहित त्यही घरमा बस्ने अर्का एक जना बिरामी भएका छन् ।

बिरामी पर्नेमा हमालसहित श्रीमती सम्झना, छोरीहरू सबिना र सम्झौता र घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया बिरामी परेका हुन् ।

बिरामी परेकाहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*