पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १७ जना घाइते

छहारी संवाददाता
साउन ८, २०७९

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ ।

बसमा २२ जना सवार भनिए पनि पछि बाटोमा यात्रु थपिएको हुन सक्ने भएकाले यकिन तथ्याङ्क नखुलेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*