बागमती प्रदेशको विषयगत समितिमा ४ विधेयक पेश

छहारी संवाददाता
साउन ८, २०७९

आइतबार बसेको बागमतीे प्रदेशसभा बैठकमा दफावार छलफलका लागि विभिन्न समितिमा चारवटा विधेयक पेश गरिएका छन्।

प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयक र युवा तथा खेदकुद मन्त्री रत्न प्रसाद ढकालले पेश गर्नुभएको प्रदेश युवा परिषद् ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पेश गरिएको छ ।

ती प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । आइतबारको बैठककमा प्रदेश सभा सदस्य सुरेन्द्र गोसाईले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रदेश सभाको अर्को बैठक साउन ९ गते दिउँसो १ बजे बस्नेछ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*