एक घरमा विद्युत सर्ट भई आगलागी हुँदा ६ ओटा घर जलेर नष्ट
झापामा बुधबार बिहान एक घरमा विद्युत सर्ट भई आगलागी हुँदा ६ ओटा घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट झापा गाउँपालिका–५ सिमलडाँगीका स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेरको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो । त्यही आगो अन्य छिमेकीको घरमासमेत सल्किएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । आगो स्थानीयवासी, नेपाल प्रहरी सशस्त्र प्रहरीले निभाएका थिए ।







