सवारी दुर्घटनामा मोक्तानको मृत्यु
ललितपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गएराति पौने १ बजे ललितपुरको हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किएर स्कुटर चालकको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बागमती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर रोकिराखेको बागमती प्रदेश ०१–००५ ख ९४७५ नम्बरको ट्रकमा ठोक्किँएको हो ।
दुर्घटनामा स्कुटर चालक गोदावरी नगरपालिका ५ का २० वर्षका सुरेश मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।







