सर्पले डसेर एक जनाको मृत्यु, एक जना बिरामी

छहारी संवाददाता
असार २९, २०७९

सर्पले डसेर दाङमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना बिरामी परेका छन् ।

सर्पले डसेर दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुमाललाई हिजो आफ्नै बारीमा सर्पले डसेको थियो ।

यस्तै सर्पले डसेर घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदीप बुढामगर बिरामी परेको प्रहरीले जनाएको छ । मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*