कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कारको ठक्करबाट दाङमा गएराती एक पैदलयात्रीको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१० जलौराचोकमा कारको ठक्करबाट स्थानिय २५ ववर्षका देवराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीलाई गएराती घोराही जाँदै गरेको बा०१/०२५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको हो ।
गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार र चालक प्रहरी नियन्त्रणमा छन् ।







