हेटौंडाको गुम्बाडाँडामा मूर्तिकारको कलाले जीवन्त राखेको ‘मूर्ति बगैंचा’

छहारी संवाददाता
२३ असार २०७९, बिहीबार ०९:०७

बगैंचा भन्ने बित्तिकै हामी फूलैफूलको संसार भन्ने सम्झन्छौं तर हेटौंडामा भने एउटा अलग्गै बगैंचा छ– मूर्तिहरूको बगैंचा । हर्नामाडी कला प्रतिष्ठानले संरक्षण गरेको यस बगैंचामा देश विदेशका सुप्रसिद्ध कलाकारले कुँदेका आकर्षक मूर्तिहरू देख्न पाइन्छ ।

यो मूर्ति बगैंचा हेटौंडा उपमहानगरको पूर्वी क्षेत्रमा अवस्थित छ । यस पर्यटकीय क्षेत्रमा पुग्ने जोकोही यहाँ बसेर कलाकारले गरेको साधना देखेपछि मन्त्रमुग्ध हुन्छन् तर पनि यस ठाउँको जति चर्चा हुनुपर्ने हो त्यति नभएको हो कि भन्ने जो कोहीलाई लाग्नसक्छ ।

बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडाबाट मदन भण्डारी राजमार्ग धरान चतारा रोड हुँदै १८ किलोमिटर पूर्व हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने गुम्बाडाँडामा छ– यो मूर्ति बगैंचा । यो सुन्दर एवम् रमणीय पर्यटकीय स्थलमा हर्नामाडी कला प्रतिष्ठानले गरेको प्रयासले यो मूर्ति बगैंचा स्थापना भएको हो । यसको चर्चा अहिले व्यापक बन्दै गएको छ ।

गुम्बाडाँडामा विशाल आकारका ढुङ्गाहरूलाई कुँदेर बनाइएका मूर्तिहरूको सुन्दर बगैंचा निर्माण गरिएको छ । जङ्गलको बीचमा रहेको चौरमा देश तथा विदेशका प्रसिद्ध कलाकारहरूले अनेक मूर्तिहरू कुँदेका हुन् । मूर्ति बगैंचामा कुँदिएका मूर्तिले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ ।

झण्डै ६ हेक्टर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा चीन, इटाली, भारत, जापान, दक्षिण कोरिया र नेपालका कलाकारहरूले २३ वटा विभिन्न सन्देश प्रवाह गर्ने मूर्ति कुँदेका छन् । त्यसैगरी सोही स्थानमा बनाइएको २५ फिट अग्लो विशाल बुद्ध मूर्तिले यो बगैंचालाई अझै आकर्षक बनाएको छ । त्यहाँ बनाइएका हरेक मूर्तिहरूको आ–आफ्नै विषेशता रहेका छन् ।

बगैंचा भन्ने बित्तिकै हामी फूलैफूलको संसार भन्ने सम्झन्छौं तर हेटौंडामा भने एउटा अलग्गै बगैंचा छ– मूर्तिहरूको बगैंचा । हर्नामाडी कला प्रतिष्ठानले संरक्षण गरेको यस बगैंचामा देश विदेशका सुप्रसिद्ध कलाकारले कुँदेका आकर्षक मूर्तिहरू देख्न पाइन्छ । यो मूर्ति बगैंचा हेटौंडा उपमहानगरको पूर्वी क्षेत्रमा अवस्थित छ । यस पर्यटकीय क्षेत्रमा पुग्ने जोकोही यहाँ बसेर कलाकारले गरेको साधना देखेपछि मन्त्रमुग्ध हुन्छन् तर पनि यस ठाउँको जति चर्चा हुनुपर्ने हो त्यति नभएको हो कि भन्ने जो कोहीलाई लाग्नसक्छ ।

बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडाबाट मदन भण्डारी राजमार्ग धरान चतारा रोड हुँदै १८ किलोमिटर पूर्व हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने गुम्बाडाँडामा छ– यो मूर्ति बगैंचा । यो सुन्दर एवम् रमणीय पर्यटकीय स्थलमा हर्नामाडी कला प्रतिष्ठानले गरेको प्रयासले यो मूर्ति बगैंचा स्थापना भएको हो । यसको चर्चा अहिले व्यापक बन्दै गएको छ ।

गुम्बाडाँडामा विशाल आकारका ढुङ्गाहरूलाई कुँदेर बनाइएका मूर्तिहरूको सुन्दर बगैंचा निर्माण गरिएको छ । जङ्गलको बीचमा रहेको चौरमा देश तथा विदेशका प्रसिद्ध कलाकारहरूले अनेक मूर्तिहरू कुँदेका हुन् । मूर्ति बगैंचामा कुँदिएका मूर्तिले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ ।

झण्डै ६ हेक्टर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा चीन, इटाली, भारत, जापान, दक्षिण कोरिया र नेपालका कलाकारहरूले २३ वटा विभिन्न सन्देश प्रवाह गर्ने मूर्ति कुँदेका छन् । त्यसैगरी सोही स्थानमा बनाइएको २५ फिट अग्लो विशाल बुद्ध मूर्तिले यो बगैंचालाई अझै आकर्षक बनाएको छ । त्यहाँ बनाइएका हरेक मूर्तिहरूको आ–आफ्नै विषेशता रहेका छन् ।

मूर्ति बगैंचामा मकवानपुरे कलाकार बाबुलाल वाइबाले कुँदेको ‘विश्वकै पहिलो आमा’ नाम दिइएको मूर्ति लोकप्रिय छ । त्यस्तै जापानका सुगिमोतो जुनयीचिरोले कुँदेकोे ‘भटमासको कोसा र बिउ’, कोरियाका सिम जुङ सुले कुँदेको ‘विश्वको औद्योगीकरण’, चीनका लियु याङ्गले कुँदेको ‘आपतकालीन संरक्षण’ सम्बन्धी मूर्ति विविध परिवेश प्रस्तुत गरिरहेका छन्।

त्यस्तै कार्यशालामा सहभागी एकमात्र महिला कलाकार फ्रान्सकी लतितिया बाजलियरले कुँदेको ‘भूगर्भ ध्वनी प्रवाह’, नेपाली मूर्तिकारहरू राजन काफ्लेले कुँदेको ‘जीवन चक्र’, गंगाधर सारु मगरले कुँदेको ‘स्वप्न’, लक्ष्मण भुजेलले कुँदेको ‘उत्सुकता’, पूर्णकाजी शाक्यले कुँदेको ‘शान्ति भूमि नेपाल’, शारदामान श्रेष्ठले कुँदेको ‘समुन्द्र मन्थन’, ओमभक्त भण्डारीले कुँदेको ‘भगवान गणेश एवम् कछुवा’ विछट्टै आकर्षण थपेका छन् ।

यसैगरी बैकुण्ठमान श्रेष्ठले कुँदेको ‘साँढेको स्वरूप’, गोविन्द चौधरीले कुँदेको ‘शान्तिको प्रतिक’, विष्णुप्रसाद श्रेष्ठले कुँदेको ‘सूर्यास्त’, ओम खत्रीले कुँदेको ‘प्रयोग विहीन शक्ति’, बुद्ध थारुले कुँदेको ‘बुद्धको अर्धाकार एवं अष्टमङ्गल’, प्रकाशरत्न शाक्यले कुँदेको ‘सिंहासन’, राजु पिठाकोटेले कुँदेको ‘सुनौलो भविष्यको आशा’, बाबुलाल वाइबाले कुँदेको ‘हामी सबै मिलेर बसौं’ र नरेन्द्रप्रसाद भण्डारीले कुँदेको ‘शक्ति क्षयीकरण’ जस्ता मूर्तिहरूले त्यहाँको सौन्दर्य वृद्धि गरिरहेकोछ ।

यहाँ थोरै लगानी गर्ने हो भने देशकै आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयहरू बताउँछन् । स्थानीय युवा हर्क रम्तेल, देशका चर्चित ललितकलाकर्मी लक्ष्मण भुजेल, डा। तारालाल श्रेष्ठलगायतका समाजसेवीहरूको अग्रसरतामा पर्यापर्यटकीय पार्क हर्नामाडी र तत्कालीन जिल्ला विकास समितिले वि।सं। २०६९ मा नेपालमै पहिलो पटक ‘प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला’ सम्पन्न गरेकोे थियो ।

गुम्बाडाँडा बागमती प्रदेशको राजधानी हेटौंडाको पूर्वी क्षेत्र हेटौंडा १८ मा रहेको हर्नामाडीमा सेन राजा मुकुन्द सेनले बसालेको मानिने मकवानपुरको सुन्दर फाँट नजिकै रहेको छ यो स्थान ।

हर्नामाडी कला प्रतिष्ठान गुम्बाडाँडाका कारण अहिले हर्नामाडीमा आन्तरिक पर्यटकहरू आवागमन भइरहेको छ । हर्नामाडी कला प्रतिष्ठानको क्रियाशीलताकै कारण गुम्बाडाँडा अहिले मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको छ । यहाँका मूर्तिहरूले थुप्रै आन्तरिक तथा भारतीय पर्यटकहरूलाई समेत आकर्षित गर्न थालेका छन् ।

यस क्षेत्रमा आकर्षक उद्यान, वनभोज स्थल, मन्दिर जस्ता संरचना बनेका छन् । यसलाई अझै आकर्षक बनाउने प्रयास भइरहेको हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– वि.सं. २०४० सालबाट संरक्षणको शुरुआत भएको हो । वि.सं. २०२७र२८ सालतिरै यहाँ मानव बस्ती थियो । अतिसुखङ्क्खा क्षेत्र भएको कारण यहँको बस्ती स्थानान्तरण गरियो ।

वि.सं. २०३४ सालतिर यहाँको मनव बस्तीलाई पूर्णरूपमा विस्थापित गरेर चितवन सारियो त्यसपछि यस क्षेत्रमा वृक्षारोपण गरियो । त्यस्तै वि.सं. २०५२ सालमा यस क्षेत्रमा रिह्रो गुम्बाको स्थापना भयो । अध्यक्ष रम्तेलका अनुसार वि.सं. २०६३ सालमा सल्लाघारी—पर्यापर्यटकीय पार्कको स्थापना भयो । यो मूर्तिबगैंचाको व्यवस्थापन र प्रवर्द्धन हर्नामाडी कला प्रतिष्ठानमार्फत हुँदै आइरहेको छ ।

प्रदेशको राजधानी हेटौंडा नै भए पनि यसलाई पर्यटन क्षेत्रको आकर्षक गन्तव्य बनाउने अभियान जारी छ । यस अभियानका लागि प्रदेश सरकारबाट भने बजेट विनियोजन गरिएको छैन । प्रतिष्ठानले बालबालिकाहरूको लागि बाल उद्यानलगायतका कामहरूलाई प्राथमिकतामा राखेको भए पनि बजेट अभावका कारण बनाउन नसकिएको हेटौंडा १८ का वडाध्यक्ष अनिल बानियाँले बताउनुभयो ।

कला संस्कृतिको धनी पार्कका रूपमा यस स्थानलाई चिनाउन अझै धेरै काम गनुपर्ने बानियाको भनाइ छ । उपमहानगरपालिकासँगको समन्वयमा चालु आर्थिक वर्षमा कम्पाउण्ड, अधुरो गेट र बुद्ध मूर्तिको बाँकी काम गरिने अध्यक्ष बानियाँले जानकारी दिनुभयो । आइएनएसका लागि प्रकाश दाहालले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*