चट्याङ्ग लागेर प्युठानमा २ बालकको मृत्यु, ९ जना घाइते

छहारी संवाददाता
असार २१, २०७९

चट्याङ्ग लागेर प्युठानमा २ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते भएका छन् ।

लागेर प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीकोटका ७ वर्षका रोमन परियार र १२ वर्षका किरण परियारको मृत्यु भएको हो । प्रहरीका अनुसार चट्याङ्ग लागेर घाइते भएका उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकोमा उपचारकै क्रममा उनिहरुको मृत्यु भएको हो ।

यस्तै चट्याङ्ग लागेर ऐरावती गाउँपालिका–६ का ५ जना र वडा नम्बर–१ दाङवाङ्गका ४ जना गरी ९ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसवर्ष वैशाखयता ४३ जनाले चट्याङ्गका कारण ज्यान गुमाएका र ७५ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*