आज धेरै ठाउँमा बिहानै चर्को घाम, दिउँसो हल्कादेखि मध्यम वर्षा हुने

छहारी संवाददाता
असार १९, २०७९

केही दिन अघि थप सक्रिय भएर देशैभर झरी परे पनि अहिले त्यो क्रम रोकिएको छ ।

मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थान भन्दा केही तल सरेकाले तत्कालका लागि लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् हीरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थानमा भन्दा माथि सरे लगातार झरी  पर्ने सम्भावना रहन्छ ।

अहिले यो रेखा सामान्य स्थानबाट तल रहेको छ । यसले गर्दा देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ ।

राति भने वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । राति ठूलो  पानी पर्ने हुँदा भिरलो जमिनमा बसोबास गर्नेलाई सवाधानि अपनाउन आग्रह गरिएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*