देशका धेरै ठाउँमा बिहानैदेखि घमाइयो

छहारी संवाददाता
असार १७, २०७९

देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ ।

आज पानी पर्ने सम्भावना भए पनि हिजो अस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार अहिले वाग्मती प्रदेशको मौसम सामान्यतया सफा छ ।

यो प्रदेशका सबैजसो ठाउँमा घाम चर्किएको छ ।

यस्तै, मधेस प्रदेश र प्रदेश-१ को पूर्वी क्षेत्र बाहेकका ठाउँमा पनि घाम चर्किएको छ । यस्तै, गण्डकी, सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पनि अहिले झरी परेको छैन । त्यहाँको मौसम सामान्यदेखि पूर्ण बद्ली रहने अनुमान छ ।

आज बेलुका प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*