जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
सप्तरीमा सोमवार जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार डाक्नेश्वरी नगरपालिका १ कबिलासाको भित्री सडक खण्डमा जन्ती लिएर आएको बा १८ च ९३९० नम्बरको जीप ब्याक गर्ने क्रममा एक पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट स्थानिय ५० वर्षका रघुवीर रामको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







