नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित

छहारी संवाददाता
असार ७, २०७९

सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

अधिकारीमाथि निगमको जहाज साउदी अरब सञ्चालन गर्न जम्बो टोलीलाई भ्रमणमा लगेको, सार्वजनिक प्रतिस्पर्धा नगराइ एउटा संस्थालाई मात्र सहभागी गराइ सोझै टिकट बिक्री गर्ने गरेकोलगायतका आरोप लागेको छ । गएको मङ्सिर ८ गते सरकारले उहाँलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*