खाना पकाउने एलपी ग्यासमा छिट्टै दुई थरी मूल्य तोकिने

छहारी संवाददाता
असार ७, २०७९

खाना पकाउने एलपी ग्यासमा छिट्टै दुई थरी मूल्य तोकिने भएको छ ।

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले छिट्टै ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य तोकिने जानकारी दिनुभएको हो ।

औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने पनि कार्यकारी निर्देशक थानीको भनाइ छ । उहाँले ग्यासमा दोहोरो मूल्य कायम गर्नका लागि गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्यसहितको समितिले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*