शेयर बजार ५० अङ्कले घटेर १९ सय विन्दुभन्दा तल, बेच्नेको लहरले कारोबार रकम बढ्यो

छहारी संवाददाता
असार ६, २०७९

पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजारको पहिरो आज पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज साेमवार ४९ दशमलव ३१ अङ्कले घटेर १ हजार ८ सय ८४ दशमलव ८१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर राताम्मे भएकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र लघुवित्तको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३० वटा कम्पनीको शेयर कारोबार भएकोमा पाँच वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ ।

शेयर बजार लगातार घटेपछि बेच्नेहरूको लहरले आज कारोबार सङ्ख्या र रकम भने बढेको छ । ६१ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएकाे छ ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले तथा कालिका पावर र रिभर फल्स कम्पनीको शेयर नाै प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला र सीवाईसी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।  साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*