पल शाहको रिहाइको माग गर्दै समर्थकहरुद्वारा माइतीघर मण्डलामा प्रदर्शन
बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
हाम्रो टीम नेपालको पहलमा माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पललाई रिहाइ गर, निर्दोषलाई फसाउन पाइदैन लगायतका नारा लगाएका थिए । प्रदर्शनकारीहरूले पललाई फसाउन खोज्ने गिरोह सक्रिय भएको भन्दै उनलाई तत्काल रिहाइ गर्न माग गरे ।
आरोपित किशोरीले नै आफूमाथि बलात्कार नभएको बकपत्र अदालतमा दिएकी थिइन् । तर, उच्च अदालतले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उक्त आदेशपछि उनका शुभचिन्तकहरू आक्रोशित भएका हुन् । पलको रिहाइ लागि उनका समर्थकहरूले शनिवारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बलात्कारको आरोप लगाउने युवतीलाई अरूले प्रयोग गरेर उनलाई फसाउन खोजेको समर्थकहरू प्रदर्शनकारीहरूको आरोप छ ।







