हेटौडा बजारबाट ५० किलो लागूऔषध गाँजा सहित एक जना पक्राउ

छहारी संवाददाता
जेष्ठ २०, २०७९

मकवानपुर प्रहरीले ५० किलो ४ सय ग्राम लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा–१ राप्तीरोडबाट गाँजा सहित एक जनालाई पक्राउ गरेको हो । नेवारपानीबाट हेटौडा बजार आउँदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई रोकी चेकजांच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले अटो चालक भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्बर–१० थाना बेला घर भई हाल महोत्तरीको औरही नगरपालिका–७ सोनामाई बस्ने ३७ वर्षका राजेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*