आज देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको संभावना

छहारी संवाददाता
जेष्ठ २०, २०७९

आज देशको प्रायजसाे भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावले प्रदेश-१, वाग्मती र गण्डकी प्रदेश तथा मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ प्रदेश-१ को केही ठाउँमा हल्का वर्षा भइरहेको छ । विभागले प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

शनिवार प्रदेश-१ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भइ प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*